हजारौ छोटे राजा भन्दा एउटै राजा ठिक,राजाका लागि ज्यान दिन तयार छौ । ExKing Gynendra Shah
#ExkingGynendraShah#YouthAroma महेन्द्र राजाले बनाएको महेन्द्र राजमार्गमा परेका खाल्डा खुल्डी पुर्न नसक्ने गणतन्त्रले जनतलाई केही दिन नसक्ने तर्कका साथ युवाहरुले गणतन्त्रको बिरुद्धमा नारा लगाउन थालेका छन् । पुष १ गते महेन्द्र जयन्तीको अवसरमा शाही युवा शक्ति नामक संगठनले राजधानीमा गणतन्त्र मुर्दावाद भनि रहँदा पुर्व राजा ज्ञानेन्द्र पोखरामा थिए भने प्रधानमन्त्री ओली राजधानीमा भएको कार्यक्रम मार्फत धेरै चलखेल नगर्न चेतावनी दिइरहेको थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महासमिती बैठकमा हिन्दु राष्ट्का बिषयमा चर्काचर्की भैरहेको थियो । उता चितवनका युवाहरु भने अब हजारौको जनसागर सडकमा उतारेर गणतन्त्र फाल्ने बताउन थालेका छन् । यसै मध्येका एक माधव भट्राईसँग हामीले कुराकनी गरेका छौ । प्रस्तुत छ हामीले राजतन्त्रको सान्दर्भीकताका सन्दर्भमा गरिएको कुराकानी ।
via YouTube https://youtu.be/WBL7oZNSx2A
No comments:
Post a Comment